२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


टि–ट्वेन्टी विश्वकप क्रिकेटको छनौट प्रतियोगिता काठमाडौंमा सुरु


0
Shares

काठमाडौं । अर्को वर्ष हुने टी–ट्वेन्टी विश्वकप क्रिकेटको लागि एसियाली क्षेत्रको छनौट प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु भएको छ ।

उद्घाटन खेलमा अहिले नेपालले सिंगापुरको सामना गरिरहेको छ । टियु क्रिकेट मैदान किर्तीपुरमा सिंगापुरले टस जितेर व्याटिङ रोजेपछि नेपालले पहिले फिल्डिङ गर्दैछ ।

पहिलो दिनका अन्य खेलहरुमा ओमान र मलेसिया, युएई र बहराइन तथा हङकङ र कुवेत भिड्नेछन् ।

आठ टोली सहभागि प्रतियोगितामा समुह चरणका खेलहरु कीर्तिपुर र मुलपानी क्रिकेट मैदानमा हुनेछन् ।

समूह ‘ए’ मा नेपालसँगै सिंगापुर, ओमान र मलेसिया छन् भने समूह ‘बी’ मा युएई, बहराइन, हङकङ र कुवेत छन् ।

दुवै समुहबाट शिर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोली टि–ट्वेन्टी विश्वकप क्रिकेटका लागि छनौट हुनेछन् ।

यो प्रतियोगिताको फाइनलमा पुग्दै नेपाल इतिहासमा दोस्रो पटक टि–ट्ेवन्टी विश्वकपमा छनौट हुने लक्ष्यमा रहेको छ ।

नेपालले यसअघि सन् २०१४ मा बंगलदोशमा भएको टि–ट्वेन्टी विश्वकप खेलेको थियो ।