Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


दशैंको दिन सशस्त्र प्रहरीले काठमाडौंमा निःशुल्क बस सञ्चालन गर्ने


1.2k
Shares

काठमाडौं । सशस्त्र प्रहरीले विजयादशमीको दिन काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

दशैंको टीका ग्रहणका लागि आवातजावत गर्ने सर्वसाधारणको सहजताका लागि उपत्यकाका दुई वटा रुटमा निःशुल्क सेवा दिने सशस्त्रले जनाएको छ ।

दुई वटा रुटमा बिहान साढे ८ बजे र अपराह्न ४ बजे गरी दुई चरणमा निःशुल्क बस सञ्चालन हुने छन् । बसले नेपाल प्रहरी प्रधान कार्यालय नक्शालबाट बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, नयाँ बसपार्क, बालाजु, स्वयम्भु, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माईतीघर, पुतलिसडक, कृष्णपाउरोटी, जय नेपाल हुँदै पुनःनक्शालसम्म सेवा दिने छ ।

यस्तै, नेपाल प्रहरी प्रधान कार्यालय नक्शालबाट रातोपुल, गौशाला, एअरपोर्ट, कोटेश्वर, नयाँ ठिमी, सल्लाघारी, सूर्यबिनायक चोकबाट सोही रुट फिर्ता भएर कोटेश्वर, गौशाला, चाबहिल, सुकेधारा, महाराजगञ्ज, शिक्षण अस्पताल, बालुवाटार हुँदै पुनः नक्शालसम्म सेवा सञ्चालन हुने सशस्त्रले जनाएको छ ।