Logo १३ श्रावण २०८३, बुधबार | Thu Jul 30 2026


बर्दियामा भन्सार छलेर ल्याएको सामान बरामद


520
Shares

बर्दिया । बर्दियामा भन्सार छलेका सामानसहित सात जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ५ भारतीय र २ नेपाली रहेका छन् । पक्राउ परेका उनीहरुको साथ वाट फलफुल तथा तरकारी र सो कार्य गर्न प्रयोगमा ल्याइएका चार थान मोटरसाइकल, चार थान साइकल बरामद गरिएको हो ।

१ लाख ७४ हजार बराबरको अवैद्य सामान बरामद गरेको प्रहरीले जनाएको छ ।

गुलरिया नगरपालिका ७ भन्सार रोडस्थित भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको सो रकम बराबरको सामान जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सहायक हबल्दार हरि नारायण ओलीले जानकारी दिनुभयो ।