Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


पनौतीमा इलेक्ट्रिक गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु


1.3k
Shares

काठमाडौं । पनौतीमा इलेक्ट्रिक गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ मा बुधवार बिहान भएको इलेक्ट्रिक गाडी दुर्घटनामा गाडीमा सवार रामेछाप मन्थली नगरपालिका–१२ की २० वर्षीया रमिला बुढाथोकीको मृत्यु भएको हो। गम्भीर घाइते रमिलाको ​उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा आठ जना घाइते भएका छन् ।

काठमाडौँबाट रामेछाप जाँदै गरेको इलेक्ट्रिक गाडीले सोही दिशातर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिएपछि भाग्ने क्रममा सडकको नालीमा खसेको प्रहरीको भनाइ छ। गाडीका चालक काभ्रेपलाञ्चोक पनौती नगरपालिका–५ का ४१ वर्षीय उपेन्द्र थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।