Logo ५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026


ट्याक्टर दुर्घटना हुँदा तीन जना घाइते


0
Shares

बैतडी । बैतडीको मेलौलीमा मंगलबार बिहान ट्याक्टर दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

मेलौली भगवती मन्दिर नजिक भएको दुर्घटनामा चालकसहित तीन जना घाइते भएका हुन् ।

घाइते हुनेमा चालक कैलालीको मुसुरियाका नारायण चौधरी, कैलाली घोडाघोडीका भुवन थापा र बैतडी दोगडाकेदारका गगनसिंह कार्की रहेका छन् ।

मन्दिरको गेट निर्माणका लागि निर्माण सामग्री बोकेर गएको ट्याक्टर उकालोमा पल्टिएको इलाका प्रहरी कार्यालय मेलौलीका इञ्चार्ज हरजित कुँवरले जानकारी दिनुभयो ।

घाइते तीनै जनाको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको छ ।