काठमाडौं । अधिकांश वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि ब्याजदर घटाएका छन् ।
वाणिज्य बैंकहरुले आज प्रकाशित गरेको कात्तिक महिनामा लागू हुने निक्षेप र कर्जाको ब्याजदर अनुसार १४ वटा बैंकले ब्याजदर घटाएका हुन भने चार वटाले असोजकै ब्याजदरलाई निरन्तरता दिएका छन् । दुई वटा बैंकले भने झिनो अंकले ब्याजदर बढाएका छन् ।
कात्तिक महिनामा सबैभन्दा बढी ब्याजदर घटाउने बैंकमा एभरेष्ट बैंक अगाडि रहेको छ । यो बैंकले १ दशमलव ८३ प्रतिशतले ब्याजदर घटाएको छ । असोजमा ११ दशमलव ५४ प्रतिशत रहेको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर कात्तिकमा ९ दशमलव २२ प्रतिशतमा झरेको छ । यस्तै प्राइम कमर्सियल बैंक, नबिल बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि १ प्रतिशत भन्दा बढीले मुद्धती निक्षेपको ब्याजदर घटाएका छन् । सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी सनराइज बैंक र राष्ट्रिय वाणिज्य बैंकले असोजकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
नेपाल एसबिआई बैंक र एनएमबि बैंकले भने ब्याजदर बढाएका छन् । त्यसमा पनि एनएमबि बैंकले १ दशमलव ०१३ प्रतिशतले ब्यक्तिगत निक्षेपको ब्याजदर बढाएको छ । विकास बैंकहरु मध्ये अधिकांशले कात्तिक महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् । विकास बैंकहरुले व्यक्तिगत मुद्दतिमा अधिकतम् १० दशमलव २५ प्रतिशत र संस्थागतमा ८ दशमलव २५ प्रतिशत ब्याजदर कायम गरेका छन् ।








प्रतिक्रिया दिनुहोस्