Logo १९ कार्तिक २०८२, बुधबार | Thu Nov 6 2025


राहुल महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश


5k
Shares

काठमाडौं । विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरी ल्याएको आरोपमा पक्राउ परेका राहुल महरालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

शुक्रबार काठमाडौं जिल्ला अदालतले नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरालाई थुनामा पठाउन आदेश दिएको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश डण्डपाणी शर्माको इजलासले मुद्दाको पुर्पक्षका लागि राहुल भन्ने रेशम महरालाई थुनामा राख्न आदेश दिएको हो ।