Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


व्यापार घाटा कम गर्न उत्पादनलाई निर्यात गर्न सक्नुपर्छ : गृहमन्त्री श्रेष्ठ


91
Shares

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको व्यापार घाटा कम गर्न उत्पादन वृद्धि गरी निर्यात बढाउन आवश्यक रहेको बताउनुभएको छ ।

शुक्रबार दास्रो हिमालयन अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै गृहमन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले मुलुकको व्यापार घाटालाई कम गर्नको निम्ति मुलुकको उत्पादनलाई निर्यात गर्न सक्नुपर्ने बताउनुभयो ।

गृहमन्त्री श्रेष्ठले मुलुकमा उत्पादन भएका वस्तुहरु निर्यात नगरेसम्म कसैलाई अनुरोध र निवेदन गरेर मात्रै व्यापार घाटा कम हुन नसक्ने दाबी गर्नुभयो । उहाँले आयात प्रतिस्थापन गरी निर्यात प्रवद्र्धन गर्नसके मात्रै व्यापार घाटा कम हुने भन्दै तत्काल ठूला उत्पादन उद्योग खोल्ने र निर्यात गर्दा पनि व्यापार घाटा कम हुने अवस्था नभएको बताउनुभयो ।

गृहमन्त्री श्रेष्ठले विकासको निम्ति पँुजी आवश्यक रहेको भन्दै सरकारले पुँजी निमार्ण, पुँजीगत खर्चको कार्यान्वयन र चुलिँदै गएको व्यापार घाटालाई कम गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले हान्डीक्याप्ट र सर्भिस सेक्टरबाट पनि नेपालले व्यापार घाटा कम सकिने बताउनुभयो ।

गृहमन्त्री श्रेष्ठले राष्ट्रलाई समृद्धिको दिशामा तिर लैजान घरेलु उद्योगहरुलाई प्रोत्साहित गरी रोजगारी सिर्जना र उत्पादन वृद्धि गरे मात्रै र अर्थतन्त्रलाई समृद्धिको दिशातिर लैजान सकिने बताउनुभयो । उहाँले सरकारको कर्तव्य मुलुकमा उत्पादन वृद्धि गरी रोजगारी सिर्जना गरी उत्पादित वस्तु निर्यात गर्न सहयोगी भूमिका खेल्नुभएको भन्दै सरोकारवाला निकायहरुलाई मुलुकको व्यापार घाटा कम गर्ने गरी निर्यात वृद्धिमा पहल चाल्न निर्देशन दिनुभयो ।