Logo २२ चैत्र २०८२, आइतबार | Mon Apr 6 2026


इजरायल र नेपालबीचको सम्बन्ध प्रगाढ रहेको इजरायलका राजदुत गोदारको दाबी


1.1k
Shares

काठमाडाैं । इजरायलका राजदुत हनान गोदरले इजरायल र नेपालबीचको सम्बन्ध प्रगाढ रहेको दाबी गरेका छन् ।

गत शनिबार इजरायलमा हमासले गरेको आक्रमणमा नेपालीहरुको समेत ज्यान गएकोमा दुख ब्यक्त गर्दै नेपाल र इजरयालबीचको सम्बन्ध प्रगाढ रहेको प्रतिक्रिया दिए

इजरायलबाट उद्धार गरी ल्याईएका नेपालीहरुको स्वागतका लागि त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल पुग्नुभएका गोदारले हमासले आफनो देशमा गरेको आक्रमण प्रति दुख ब्यक्त गर्दै नेपालीहरुलाई स्वदेश फर्काउन पाएकोमा खुशी ब्यक्त गरेका छन् ।

साथै उनले इजरायली आक्रमणमा मारिएका १० जना नेपालीहरु प्रति समबेदना प्रकट गर्दै युद्धमा ज्यान गुमाएकाहरुको शव ल्याउन सहयोग गर्ने र युद्धका क्रममा बेपत्ता भएका नेपाली बिद्यार्थी बिपिन जोशीको खोजी कार्यका लागि सक्दो सहयोग गर्ने बचन दिए ।

राजदुत गोदारले आफनो देशले हमासको आक्रमणको सामना गरिरहेको भन्दै धैर्य धारण गर्न सबै नेपालीलाई अपिल समेत गरेका छन् ।