
एजेन्सी । अमेरिकी प्रतिनिधि सभाका सभामुख केभिन म्याकार्थीलाई पदमुक्त भएका छन् ।
संसदमा गएराती भएको मतदानमा आवश्यक बहुमत जुटाउन नसकेपछि रिपब्लीकन पार्टीबाट सभामुख बनेका म्याक्कार्थी पदमुक्त भएका हुन् ।
मतदानमा सभाुमख म्याक्कार्थीलाई हटाउने पक्षमा २१६ मत पर्यो भने त्यसको विपक्षमा २१० मत मात्रै पर्यो । रिपब्लिकन पार्टीका आठ जना सांसदले नै उनको विपक्षमा मत हालेपछि म्याक्कार्थीको पद गुमेको हो । उनले व्यक्तिगत इर्ष्याले आफू विरुद्ध संसदमा प्रस्ताव ल्याइएको बताएका छन् ।
फ्लोरिडाका रिपब्लिकन सांसद गेट्जले म्याकार्थी विरुद्ध प्रस्ताव लगेका थिए । अमेरिकी इतिहासमा कार्यकाल पूरा नगरी पदमुक्त हुने म्याकार्थि पहिलो सभामुख हुन् । म्याक्कार्थीले अब हुने निर्वाचनमा आफु सभाुमखको दौडमा नरहने पनि बताएका छन् ।
तत्कालका लागि रिपब्लीकन सांसद प्याट्रि म्याक् अन्रीलाई अन्तरिम सभामुख चयन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्