 
	    काठमाडौं । गायिका दिलमाया खातीको ८४ वर्षको उमेरमा निधन भएको छ ।
खातीको मंगलबार राति भारतको दार्जिलिङमा निधन भएको हो । नेपाली सुगमसंगीतकी चर्चित एवं वरिष्ठ गायिका खाती लामो समयदेखि श्वासप्रश्वास सम्बन्धी रोगबाट पीडित हुनुहन्थ्यो । उहाँले सन् १९७२ मा ‘बिछोडको पीडा नसकी खप्न दसैंको बेलामा’ भन्ने गीत स्वरसम्राट नारायण गोपालसँग कलकत्ता पुगेर रेकर्ड गर्नुभएको थियो । त्यसैगरी उहाँले ‘सम्झेर बुझेर दिइहाल त्यो जोवन,’ ‘खोलाको दुई किनार भो तिम्रो र मेरो पिरती’ लगायतका गीत गाउनु भएको छ ।
सन् १९३९ अक्टोबर ६ तारिखमा दार्जिलिङमा जन्मिनु भएकी खातीलाई अरुणा लामा, शान्ति ठटाल, गोपाल योञ्जन, कर्म योञ्जन,रञ्जित गजमेरको समकालीन मानिन्छ । दार्जिलिङमा उहाँले नेपाली भाषाका एक सयभन्दा बढी गीतहरु गाउनु भएको छ । उहाँ सन् १९६२ मा पहिलो पटक काठमाडौं आउनु भएको थियो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्