Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


चाडपर्वको मुखमा अचनाक बजार अनुगमन हुँदा कपिलवस्तुका व्यापारी त्रसित


546
Shares

कपलिवस्तु । चाडपर्वको मुखमा अचनाक बजार अनुगमन हुँदा कपिलवस्तुका व्यापारीहरु त्रसित भएका छन् ।

जिल्लाको मुख्य व्यापारिक केन्द्र कृष्णनगर बजार, बहादुगञ्ज र महाराजगञ्ज नगपालिकाका व्यापारीले जिल्लामा भइरहेको बजार अनुगमनको त्रासले सटरनै बन्द गरेको पाइएको हो ।

वर्षभरि अनुगमन नहुँदा अचानक आउने अनुगमन टोलीले कारवाही गर्ने डरले सटर बन्द गरेका हुन् । यहाँका व्यापारीहरुले आम उपभोक्तालाई गुणस्तरहीन खाद्यान्न वस्तु बिक्री गर्ने गरेको स्थानीयले बताएका छन् ।

चाडपर्वको मौसम सुरु भएपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तु, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सहितको टोलीले संयुक्त रूपमा बजार अनुगमन गरिरहेका छन् ।