
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसको अवसर पारेर कैदीलाई दिइएको आम माफीको बिरोध गर्नुभएको छ ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै ओलीले संविधान दिवसका अवसरमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ज्यान मुद्दामा सजाय पाएका नेपालगञ्जका योगराज ढकाल रिगलको कैद माफी गरिदिएको प्रति प्रश्न उठाउनुभयो ।
त्यसैगरी उहाँले एसिड आक्रमण गर्नेलाई अदालतले १० वर्ष सजाय तोकेपनि सरकारले छोडेकोप्रति पनि आपत्ति जनाउनुभयो । उहाँले एसिड आक्रमण पीडित मुस्कान खातुनलाई सरकारले उपचार खर्चसमेत नदिएको बताउनु भयो । उहाँले हिंसात्मक घटनालाई प्रोत्साहित गर्नेगरी अपराधीलाई कैद मिनाहा गरेको बताउनु भयो ।
उहाँले यो देशमा न्याय छैन की यही हो न्याय ? भन्दै प्रश्न समेत गर्नुभयो । अध्यक्ष ओलीले कानून नमान्ने भए अपराधीका लागि कानूनमा यति सजाय भनेर किन तोक्नुपर्छ भन्दै प्रश्न गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्