२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


सरकारले विश्व बसोवास दिवस मनाउँदै


104
Shares

काठमाडौं । सरकारले विश्व बसोवास दिवस-२०८० मनाउने भएको छ ।

आइतबार पत्रकार सम्मेलन गर्दै शहरी विकास मन्त्रालयले विश्व बसोवास दिवसको अवसरमा कार्यशाला गोष्ठीको आयाजना गरी विश्व बसोवास दिवस २०८० मनाउन लागेको हो । ‘समृद्धि एवं पुनःलाभयुक्त शहरः उत्पादनशील अर्थतन्त्रको आधार’ भन्ने मूल नारासहित विश्व बसोवास दिवस मनाउन लागेको हो ।

नेपालले सन् १९८६ देखि हरेक वर्ष अक्टोबर महिनाको पहिलो सोमबार विश्व बसोवास दिवस मनाउँदै आएको छ । पत्रकार सम्मेलनमा बोल्दै विश्व बसोवास दिवस २०८० मुल तयारी समितिका संयोजक सह–सचिव दिलिप भण्डारीले विश्वमा जनसंख्याको ७९ प्रतिशत मानिसहरु शहरी क्षेत्रमा बसोवास गर्ने गरेको बताउनुभयो । उहाँले अहिलेकै अवस्थामा शहरमा बसोवास गर्ने मानिसहरुको दरले निरन्तरता पाए सन् २०५० सम्ममा शहरी जनसंख्या ८७ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको बताउनुभयो ।

भण्डारीले काठमाडौं उपत्यकामा शहरीकरणको चाप बढ्दै गएको बताउनुभयो । उहाँले शहरी क्षेत्रमा जनसख्या बढ्दै जाने तर शहरी अर्थतन्त्र शिथिल हुँदै जाने विश्व परिदृश्यबाट नेपाल पनि अलग नभएको बताउनुभयो । उहाँले सरकारले अब शहरहरुलाई आर्थिक अवसरको केन्द्रको रुपमा विकास गरी आत्मनिर्भर शहरी विकासमा जोड दिन जरुरी रहेको बताउनुभयो ।

समितिका संयोजक सह-सचिव भण्डारीले सबै निकायहरुलाई बजेट बनाउन सहजीकरण बनाउने उद्देश्यले बसोवास दिवस मनाउँदै आएको बताउनुभयो । उहाँले पछिल्लो समय रोजगारीको अवसर शहरी क्षेत्रमा हुने भएकाले शहरमा बसोवास गर्ने आउने मानिसहरु रोक्न सक्ने अवस्था नभएको बताउनुभयो ।