Logo २५ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025


न्यूजिल्यान्डमा शक्तिशाली भूकम्प


0
Shares

वासिङटन, भदौ २५ । न्यूजिल्यान्डको दुर्गम क्षेत्रमा पर्ने केर्माडेक द्वीपमा सोमबार ६.९ म्याग्निच्यूडको भूकम्प गएको छ ।

तर, यस भूकम्पपछि सुनामीको चेतावनी भने नदिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

स्थानीय समयानुसार सोमबार बिहान ४ः१९ बजे न्यूजिल्यान्डको अकल्यान्डबाट ७० किलोमिटर उत्तरपूर्वमा १११ किलोमिटर गहिराइमा उक्त भूकम्पको केन्द्रविन्दु रहेको अमेरिकी भौगर्भिक संस्था (युएसजीएस)ले जनाएको छ ।

अहिलेसम्म प्राप्त भौगर्भिक तथ्यहरुको आधारमा हेर्दा हाल यहाँ सुनामीको चेतावनी दिनुपर्ने कुनै कारण देखा नपरेको प्रशान्त महासागरीय सुनामी चेतावनी केन्द्रले जनाएको छ ।

गैरआवाद रही आएको केर्मादेक द्वीप न्यूजिल्यान्डको सुदूरउत्तरमा पर्दछ ।

न्यूजिल्याड भूकम्प र ज्वालामूखीजस्ता प्राकृतिक प्रकोपले सताइएको देश हो । रासस/एएफपी