Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


बाल सुधार गृहका १८ वर्षमाथिका युवकहरुलाई छुट्टै राखिने


403
Shares

काठमाडौं । सरकारले नेपालमा बाल सुधार गृहमा रहेका १८ वर्षभन्दा माथिका युवााई छुट्टै राख्ने तयारी गरेको छ ।

पछिल्लो समय बाल सुुधारगृहमा हुने गरेको झडपमा सोही उमेर समुहका ब्यक्तिहरुको संलग्नता रहेपछी उनीहरुलाई छुट्टै बालसुधारगृहमा राख्ने तयारी गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ ।

बाँके बैजनाथ गाउँपालिका–५ नौवस्तामा कारागारको भवनको निर्माणकार्य अन्तिम अवस्थामा पुगेका कारण त्यही भवनको एउटा ब्लकमा बाल सुधार गृहमा बस्दै आएका १८ वर्षमाथिका बालकलाई राख्ने तयारी मन्त्रालयले गरेको हो ।

अहिले देशभर ८ वटा बाल सुधार गृहमा १ हजार १ सय ७७ जना रहेका छन् । तीमध्ये ४३ बालिका छन् । गत भदौ ३ गते भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२ मा रहेको सबैभन्दा पुरानो बाल सुधार गृहमा बस्दै आएका एक बालकको मृत्यु भएपछि त्यहाँका बालकहरू तोडफोडमा उत्रेको थिए भने भदौ २६ गते पर्साको वीरगन्जस्थित बाल सुधार गृहमा पनि झडप भएपछी मन्त्रालयले यो निर्णय गरेको हो ।

Skip This