Logo १७ माघ २०८२, शनिबार | Sat Jan 31 2026


राहत शिक्षकहरूले गरे सिठ्ठी फुकेर विरोध प्रदर्शन


468
Shares

काठमाडौं । राहत शिक्षकहरूले मंगलबार सिठ्ठी फुकेर विरोध प्रदर्शन गरेका छन् ।

काठमाडौंको माइतीघर मण्डलमा राहत शिक्षकहरूले सिठ्ठी फुकेर प्रदर्शन गरेका हुन् ।

सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकले आफूहरूको माग सम्बोधन नगरेको भन्दै शिक्षकहरुले माइतिघर मण्डलामा सिठ्ठी फूकेर विरोध जनाएको हुन् ।

राहत शिक्षकहरुल सोमबार सडकमै सुतेर विरोध जनाएका थिए । दरबन्दी सिर्जना गरी आन्तरिक प्रतिस्पर्धाबाट राहत शिक्षकलाई स्थायी गर्ने बाटो खुला गर्नुपर्ने, अस्थायी सेवा अवधि पनि गणना गर्नुपर्ने, शिक्षा ऐन जारी गर्नुअघि नियुक्त भएका शिक्षकलाई पेन्सन व्यवस्था गरिनुपर्ने जस्ता माग राखेर राहत आन्दोलित हुदै आएका हुन् ।