Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


इजिप्टका राष्ट्रपति र एआईबी प्रमुखबीच सहकार्यबारे छलफल


143
Shares

एजेन्सी । इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले एशियाली पूर्वाधार लगानी बैंक (एआईबी) का अध्यक्ष जिन लिक्वनसँग सहकार्य र लगानीबारे छलफल गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार सोमबार इजिप्टको रेड सी रिसार्ट शहर शर्म अल शेखमा छलफल भएको हो ।

बैठकमा सिसीले विकास प्रक्रियामा इजिप्टको साझेदारको रुपमा विगतका वर्षहरुमा खेलेको महत्वपूर्ण भूमिकालाई ध्यानमा राख्दै एआईबीसँगको सम्बन्धका लागि इजिप्ट तयार रहेको बताउनुभयो ।

यातायात, स्वच्छ उर्जा र हरित अर्थतन्त्रमामा जोड दिन सहकार्यले मद्दत गर्ने बताउनुभयो ।