Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


एल.जी.फ्लयागसिप शोरुम अपग्रेड पश्चात् पुनः शुभारम्भ


364
Shares

काठमाडौं । चौधरी ग्रुप अन्तर्गत मिनभवनमा रहेको एल.जी. ब्राण्डको आफ्नै शोरुम विश्वस्तरीय अपग्रेड पश्चात् पुनः शुभारम्भ भएको छ ।

नयाँ र आधुनिक डिजाइनमा खोलिएको यस शोरुममा एल. जी. ब्राण्डका घरायसी विद्युतीय सामाग्रीहरु जस्तै एलईडी टीभी, वासिङ मसिन, रेफ्रिजेरेटर, डिसवासर, एयर कन्डिसनर, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनरलगायत अरु थुप्रै सामाग्री उपलब्ध रहेका छन् ।

राजधानीको महत्वपूर्ण व्यापारिक केन्द्र मिनभवनस्थित गोरखा कम्प्लेक्समा अवस्थित यस शोरुम २००५ मा स्थापित एल. जी. ब्राण्डको पहिलो शोरुम हो । ग्राहकवर्गहरुले दक्ष र अनुभवी ग्राहक प्रतिनिधीहरुबाट यहाँ भएका विद्युतीय सामाग्रीहरुबारे जानकारी पनि लिन सक्ने कम्पनीले जनाएको छ ।

यस एल. जी. शोरुममा रिओपनिङ्गको अवसरमा विशेष छुटका साथै, उपहार र शून्य प्रतिशत किस्ताबन्दी र एक्सचेन्ज अफरजस्ता विभिन्न सुविधा ल्याइएको पनि कम्पनीले जनाएको छ ।