Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


युद्धबिरामपछि पनि लेबनानका प्यालेस्टाइनी शरणार्थी त्रासमा


1.2k
Shares

एजेन्सी । दक्षिणी लेबनानको तटीय शहर सिडोन नजिकैको ऐन अल हेल्वेह शरणार्थी शिविरमा प्यालेस्टाइन लिबरेसन अर्गनाइजेशन (पीएलओ) लडाकुहरु र इस्लामवादी लडाकुहरुबीच युद्धबिराम लागू भएको केही दिनपछि अधिकांश शरणार्थीहरुको जनजीवन सामान्य अवस्थामा फर्केको छ ।

झडपका कारण भागेका उनीहरु पुनः आफू बसेको स्थानमै फर्किन थालेका हुन् । यद्यपी अझैपनि झडप हुने डर उनीहरुमा रहेको छ । लेबनानी संसदका सभामुख नाबिह बेरीले युद्धबिरामको मध्यस्थता गर्नुभएको थियो । तरपनि विनाश र क्षतिको मात्रा ठूलो रहेको बताइएको छ ।

केही शरणार्थीहरुले भने सुरक्षा अवस्था अझै अस्थिर भएकाले आफूहरु तत्काल शिविरमा नफर्किने बताएका छन् । ऐन अल हेल्वेहमा शान्ती कायम भएपनि झडपको डरले शिविर र आसपासका क्षेत्रको जनजीवन तनावग्रस्त बनेको छ । झडपको मुख्य कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।