काठमाडौं । हाल सुदूरपश्चिम प्रदेशका पहाडी भू–भाग सहित बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
साथै वागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, वागमती र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरुमा र देशका बाँकी भू–भागको एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।









प्रतिक्रिया दिनुहोस्