५ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025


आवश्यक परे टर्की इयुबाट अलग हुनसक्छ : राष्ट्रपति एर्दोगान


4.459k
Shares

एजेन्सी । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले आवश्यक परे टर्की युरोपियन युनियन (इयु) बाट अलग हुनसक्ने बताउनुभएको छ ।

उहाँले आफूहरु आवश्यक परेमा युरोपेली ब्लकमा सामेल हुने प्रयास अन्त्य गर्ने बताउनुभएको हो । उहाँले युरोपियन युनियनले टर्कीसँग सम्बन्ध टुटाउन प्रयास गरिरहेको भन्दै आवश्यक भए यसमा मूल्यांकन गरेर आफूहरु इयुबाट अलग हुने बताउनु भयो ।
संयुक्त राष्ट्रसंघको वार्षिक महासभामा भग लिन न्युयोर्क प्रस्थान गर्नुपूर्व इस्तानाबुलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।

उहाँले टर्कीले युरोपेली संसदले अपनाएको हालै सार्वजनिक प्रतिवेदन आफैँ मूल्यांकन गर्ने बताउनु भयो ।इयुले कानूनको मस्यौदा मात्रैले नपुग्ने भन्दै मस्यौदाको कार्यान्वयनमा जोड दिनुपर्ने बताउनु भयो ।