Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


गैह्रीगाउँ हत्या प्रकरणमा थप तीन जना पक्राउ


31.1k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका ३२ तीनकुनेस्थित गैह्रीगाउँमा शुक्रबार राति भएको हत्या प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले थप तीन जनालाई नियन्त्रणमा लिएको छ।

यसअघि धनकुटाका २४ वर्षीय दीपेन्द्र राईलाई प्रहरीले नियन्त्रणमा लिइ सोधपुछ गरिरहेको छ। राइले मध्यरातमा प्रहरीलाई खबर गर्न ट्याक्सी चढेर तीनकुने प्रहरी वृत्तमा पुगेको प्रहरीले जनाएको छ।

मृतक परिवारनै तीनकुनेस्थित दिव्य सः मिलमा भित्र काठले बनेको एक तले जस्ताको टहरोमा बस्दै आएका थिए । सोहो टहरोमा धारिलो हतियार प्रहार भएको अवस्थामा दुई पुरुष र दुई महिलाको शव फेला परेको थियो।

उनीहरूको टाउको तथा शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट रहेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक कुमोध ढुङ्गेल ढुङ्गेलले जानकारी दिनुभयो ।

अहिले प्रहरीद्वारा तालिमप्राप्त कुकुरसमेत लगी अनुसन्धान कार्य जारी रहेको बताइएको छ ।