५ जेष्ठ २०८२, सोमबार | Tue May 20 2025


उत्तर कोरियाली नेता किम रुस भ्रमणमा, गोप्य वार्ताको तयारी


624
Shares

एजेन्सी । रुस भ्रमणमा जानु भएका उत्तर कोरियाली नेता किम जोङ ऊन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज शिखर वार्ता हुने संभावना रहेको छ ।

रेलमार्ग हुदै हिजो रुस प्रवेश गर्नुभएका किम उत्तर कोरियाली सीमा नजिकको रुसी शहर खसानमा रहनु भएको बताइएको छ । उता, रुसी राष्ट्रपति पुटिन भने एउटा आर्थिक कार्यक्रमका लागि भन्दै खसान भन्दा २७० किलोमिटर टाढाको भ्लादिभोस्तोक शहरमा हुनुहुन्छ ।

दुई नेताबीच आज वार्ता हुने बताइए पनि वार्ताको स्थान गोप्य राखिएको छ । उत्तर कोरियाली समाचार एजेन्सी केसीएनएले किम रुस पुगेको फोटो सार्वजनिक गरेको छ । रुस र उत्तर कोरियाबीच हतियार आदान प्रदानको विषयमा सम्झौता हुनसक्ने आँकलन पश्चिमा मिडियाहरुले गरेका छन् ।