
एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन रुस भ्रमणमा जानु भएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको शिखर वार्ताका लागि किम रेल मार्फत सोमबार रुस भ्रमणमा जानु भएको हो ।
भारी सुरक्षा व्यवस्थासहित किम रुस भ्रमणमा निस्किएको तस्वीर उत्तर कोरियाली सञ्चार माध्यमले सार्वजनिक गरेका छन् । किम चढेको रेलमा २० वटा बुलेटप्रुफ गाडी समेत रहेकाले प्रति घण्टा ५९ किलोमिटरको गतिमा रेल गईरहेको र रुस पुग्न रेललाई एक दिन पुरै लाग्ने पश्चिमा मिडियाहरुले जनाएका छन् ।
नेता किमँंग उत्तर कोरियाका उच्च अधिकारीहरु समेत रुस गएका छन् । किम र रुसी राष्ट्रपति पुटिनबीच मंगलबार मस्कोमा शिखर वार्ता हुनेसमाचारमा उल्लेख छ ।
उत्तर कोरियाले रुसलाई हतियार उपलब्ध गराउने विषयमा छलफल केन्द्रीत हुनसक्ने दाबी अमेरिकी अधिकारीहरुको छ ।
प्रतिक्रिया दिनुहोस्