११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


निर्मला पन्तको बलात्कार र हत्या आरोपमा हिरासतमा लिइएका विष्टको म्याद थपियो


0
Shares

कञ्चनपुर, भदौ २४ । कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याका आरोपी दाबी गरिएका दिलिपसिंह विष्टलाई हिरासतमा राख्न ४ दिनको म्याद थपिएको छ ।

जिल्ला अदालतमा न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले थप अनुसन्धानका लागि भन्दै म्याद थप गरेको हो ।

भीमदत्त नगरपालिका १९ बागफांटाका विष्टलाई यसअघि पनि अनुसन्धानका लागि पटकपटक म्याद थपिँदै आएको छ । यद्यपि उनी वास्तविक हत्यारा नभएको भन्दै स्थानीयले आन्दोलन गरेका थिए ।