Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


मुलुकमा सामाजिक विद्वेष फैल्याउने तत्वहरु अहिले पनि क्रियाशील छन् : ओली


65
Shares

काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सामाजिक विद्वेष फैल्याउने तत्वहरु अहिले पनि क्रियाशील रहेको बताउनुभएको छ ।

जात/जात, वडा/वडा, पालिका/पालिका मिलेर बसेको देख्न नसक्नेहरुले मुलुकमा साम्प्रदायिक विद्वेष फैल्याउने काम गरिरहेको ओलीको भनाई थियो ।

तीजको अवसर पारेर पार्टी निकट महिला संगठन अखिल नेपाल महिला संघ, मध्यपुर थिमी नगर कमिटीले शनिवार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले हाम्रा चाडपर्वहरुसँग ठ्याक्कै मेल नखाने गतिविधि हुनु सुखद् नभएको पनि बताउनुभयो ।

अध्यक्ष ओलीले हाम्रा चाडपर्वको अर्थ सामाजिक सदभाव कायम गर्नु रहेको उल्लेख गर्दै त्यसले सबै समुदायमा निकटता ल्याउने माध्यामको रुपमा काम गरिरहेको पनि स्मरण गराउनुभयो । तीज पर्वले महिलाहरुमा सबैभन्दा बढी खुशीयाली ल्याएको भन्दै उहाँले त्यसो हुनु सबैका लागि खुशीको कुरा भएको पनि बताउनुभयो ।

अध्यक्ष ओलीले चाडपर्वहरुलाई नेपालीहरुले उत्सवको रुपमा मनाउने गरेको र त्यसले सामाजिक प्रवन्धहरुलाई व्यवस्थित बनाउन महत्वपूर्ण भुमिका निर्वाह गरिरहेको बताउनुभयो ।