६ जेष्ठ २०८२, मंगलबार | Tue May 20 2025


संयुक्त राष्ट्रसंघ महासभाको ७८ औं अधिवेशन शुरु


104
Shares

एजेन्सी । संयुक्त राष्ट्रसंघको ७८ औं महासभाको अधिवेशन शुरु भएको छ ।

७८ औं महासभाका अध्यक्ष डेनिस फ्रान्सिसले महासभाको अधिवेशन उद्घाटन गर्नुभएको हो । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको तर्फबाट उपप्रमुख अमिना मोहम्मदले अधिवेशनमा मन्तव्य पढेर सुनाउनुभएको थियो ।

उहाँले यो निराशाको नभइ काम गर्नुपर्ने क्षण भएको बताउनु भयो । मन्तव्य सन्देशमा उहाँले शान्ति र मानव अधिकारको लागि कार्य,दिगो विकास लक्ष्य,जलवायु परिवर्तनका कारण आएको खतरालाई सम्बोधन गर्नुपर्ने बताउनुभयो ।

उत्पादनशील रोजगारी सिर्जना,महिला र युवाहरुका लागि रोजगारीको अवसरमा आवश्यक जोड दिनुपर्ने उहाँको भनाई छ । फ्रान्सिसले महासभाको नयाँ शैक्षिक सत्र विश्वको डरलाग्दो अवस्थाका बीचमा शुरु भएको र धेरै चुनौतिहरु रहेको बताउनु भयो । अहिले भइरहेका विश्वव्यापी समस्या समाधानका लागि काम गर्न आवश्यक रहेको उहाँको भनाई छ ।