१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


सामाजिक सद्भावमा खलबल पार्ने कार्यलाई सरकारले कुनै हालतमा छुट नदिने


156
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक सद्भावमा खलबल पार्ने अभिव्यक्तिलाई कुनै हालतमा छुट नदिने बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकमा सांसदहरुसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सांसद ईश्वरीदेवी न्यौपानेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले सामाजिक सद्भावमा खलबल पार्ने कार्यलाई सरकारले कुनै हालतमा छुट नदिने बताउनुभएको हो । उहाँले एकअर्काको धर्म र संस्कृतिबिरुद्ध हुने द्वेषपूर्ण अभिव्यक्ति र कार्यलाई पनि छुट नदिने स्पष्ट पार्नुभयो ।

उहाँले परापूर्व कालदेखि कायम रही आएको सामाजिक एकता, सद्भाव र सामाजिक सहअस्तित्वमा खलल पार्ने कुनै किसिमको कार्य हुन नदिन सरकार दृढ रहेको स्पष्ट पार्नुभयो ।