एजेन्सी । बेलायतको एयर ट्राफिक कन्ट्रोल प्रणालीमा समस्या उत्पन्न हुँदा सयौं उडान रद्द भएका छन् भने हजारौं यात्रु प्रभावित भएका छन् ।
हिजो अपरान्ह अचानक एयर ट्राफिक कन्ट्रोलमा आएको समस्याका कारण १२ सय बढी उडान रद्द भएको र त्यसबाट हजारौं यात्रुहरु प्रभावित भएको जनाइएको छ । बेलायत भित्रका कुनै पनि विमानस्थलबाट हुने उडान तथा अवतरण रद्द गरिएको थियो ।
उडान रद्द हुँदा बेलायतबाट बाहिर जाने र बेलायत भित्रिने हजारौं यात्रुहरु समस्यामा परेका हुन् । बेलायतको नेशनल एयर ट्राफिक सर्भिस लिमिटेडले प्रणाली पुनस्थापनाको काम भईरहेको भन्दै आज मंगलबारदेखि नियमित सेवा सुचालु हुनसक्ने जनाएको छ । तर आज पनि पूर्व जानकारी लिएर मात्रै विमानस्थल जान आग्रह गरिएको छ ।








प्रतिक्रिया दिनुहोस्