५ असार २०८२, बिहिबार | Fri Jun 20 2025


कोशी प्रदेश बजेट शून्यताको अवस्थामा


390
Shares

काठमाडौं । कोशी प्रदेश बजेट शून्यताको अवस्थामा पुगेको छ ।

तत्कालिन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ल्याएको बजेट अध्यादेश आज आइतबार निष्क्रिय भएपछि प्रदेश बजेट शून्यतामा गएको हो । तत्कालिन सत्ता साझेदार दल माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संसदको बजेट अधिवेशन अन्त्य गरेर बजेट अध्यादेश ल्याउनुभएको थियो ।

त्यसपछि विश्वासको मत पाउन नसकेर उहाँ पदमुक्त हुनुभयो । उद्धव थापा नेतृत्वको पछिल्लो सरकारले विश्वासको मत लिँदा सभाध्यक्षको मत प्रयोग गर्नु असंवैधानिक भन्दै एमालेले दिएको रिटमा सर्वोच्चले सुनुवाइ गर्दै सरकारलाई दीर्घकालीन असर पर्ने काम नगर्न अन्तरिम आदेश दिएको छ । सोही कारण सरकारलाई अर्को बजेट ल्याउन समस्या परेको हो ।

कार्की मुख्यमन्त्री हुँदा ल्याएको बजेट अध्यादेश १४ असारमा प्रदेशसभा टेबल भएको थियो । ६० दिनभित्र प्रतिस्थापन विधेयक नल्याएका कारण अध्यादेश निष्क्रिय भएको हो ।