३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


जबरजस्ती करणीका एक अभियुक्त हत्कडीसहित फरार


0
Shares

सिन्धुली । जबरजस्ती करणीका एक अभियुक्त सिन्धुलीको वीपी राजमार्गबाट हत्कडीसहित फरार भएका छन् ।

जबरजस्ती करणीको आरोपमा काठमाडौंमा पक्राउ परेका सन्जु भनिने संजय परियार बाटोबाटै फरार भएका हुन् ।

सर्लाहीको ईश्वरपुर नगरपालिका–५ घर भएका परियारलाई सर्लाही लैजाने क्रममा सिन्धुलीको सुनकोसी गाउँपालिका–३ बाट फरार भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

उनलाई सर्लाहीकै एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । फरार अभियुक्त परियारको खेजी भइरहेको प्रहरीले जनाएको छ ।