२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


नेपाल र भट्टराईमाथि अनुसन्धान नगर्न सरकारकै दबाब

ललिता निवास जग्गा प्रकरण

923
Shares

काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्ररकणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि अनुसन्धान नहुने भएको छ ।

पूर्वप्रधानमन्त्रीद्वय भट्टराई र नेपालको मन्त्रिपरिषद्बाट निर्णय गरेर ललिता निवास जग्गा व्यक्तिको नाममा लैजाने निर्णय भएकोमा उनीहरूमाथि थप अनुसन्धान नगर्ने दिशामा सिआइबी पुगेको छ ।

सर्वोच्च अदालतले समेत निर्णयकर्तामाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन बाटो खुला गरिदिएको अवस्थामा सरकारकै कारण दुई पूर्वप्रधानमन्त्री तत्काललाई अनुसन्धानको दायरामा नआउने भएका हुन् ।

सिआइबीले पूर्वप्रधानमन्त्रीद्वयलाई अनुसन्धानका लागि बयान नलिएको भनिए पनि सरकारको दबाबका कारण अनुसन्धान प्रक्रिया रोकिएको हो ।

पूर्वप्रधानमन्त्रीद्वयलाई बयानका लागि बोलाइने भनिए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्रीको दबाबमा सिआइबी दुई पूर्वप्रधानमन्त्रीको बयान लिनबाट पछि हटेको उच्च स्रोतले बतायो ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।