Logo १० बैशाख २०८३, बिहिबार | Fri Apr 24 2026


इन्द्रराज देवघर पुननिर्माण सम्पन्न


494
Shares

काठमाडौं । काठमाडौंको मरु गणेशमा इन्द्रराज देवघरको पुर्ननिर्माण सम्पन्न भएको छ ।

करिब एक करोड भन्दा बढीको लागतमा पुर्ननिर्माण सम्पन्न भएको सो देवघरको शनिबार काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले उद्घाटन गर्नुभएको छ ।

सो देवघर निर्माणका लागि महानगरपालिकाको हनुमानढोका दरवार क्षेत्र संरक्षण कार्यक्रम अन्तर्गत निर्माण गरिएको हो ।

यस क्रममा विभिन्न संघ संस्था तथा व्यक्तिले पनि उक्त देवघर निर्माणका लागि आर्थि सहयोग गरेको इन्द्रराज देवघर पुर्ननिर्माण समितिका अध्यक्ष तीर्थमान डंगोलले जानकारी दिनुभयो ।