Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


सुन प्रकरणमा थप दुई जना चिनियाँ नागरिक पक्राउ


1.7k
Shares

काठमाडौं । सुन तस्करीमा संलग्न रहेको आशंकामा प्रहरीले थप दुई जना चिनियाँ नागरिकलाई काठमाडौंबाट पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले बिहीबार राती दुई जना चिनियाँ नागरिकलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

यसअघि साउन ३१ मा सिआईबीले चारजना चिनियाँ नागरिकलाई पक्राउ गरिसकेको छ । उनीहरुमध्ये डिङ सेल्फा र ली नेङ्काई सुन ओसारपसारमा संलग्न व्यक्ति भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

सुन तस्करीमा संलग्न २१ जना यसअघि पक्राउ परेका थिए भने बिहीबार राति पक्राउ परेका दुई जनासहित पक्राउ पर्नेको संख्या २३ पुगेको छ ।