Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


संसद अवरुद्ध पार्ने कामलाई निरन्तरता दिएपछि एमाले एक्लियो : जितेन्द्र देव


1.1k
Shares

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले संसद अवरुद्ध पार्ने कामलाई निरन्तरता दिन थालेपछि प्रमुख प्रतिपक्ष एमाले एक्लिँदै गएको बताउनुभएको छ ।

शुक्रवार राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले विनाकारण संसद बैठक अवरोध गर्ने कामलाई निरन्तरता दिएपछि प्रतिपक्ष राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले समेत एमालेको साथ छोडेको दाबी गर्नुभयो । उहाँले बुद्धिजीवि, मिडिया, अन्तर्राष्ट्रिय समूदायले समेत संसद अवरुद्ध पार्ने एमालेको कामलाई साथ नदिएको जिकीर समेत गर्नुभयो ।

सांसद देवले प्रजातन्त्रको प्राण वायू संसद भएपनि एमालेले त्यसलाई चल्न नदिएर गम्भीर समस्या खडा गरेको आरोप समेत लगाउनु भयो ।उहाँले सत्तारुढ दलले पाँच वर्षनै सरकार चलाउने गरी मुलुकलाई राजनीतिक स्थायित्व दिइरहेका बेला प्रतिपक्ष एमालेले त्यसविरुद्ध अनेक चलखेल गर्नु उचित नभएको तर्क समेत गर्नुभयो ।

त्यस अवसरमा सांसद देवले ५ वर्षसम्म मुलुक सत्तारुढ गठबन्धनकै नेतृत्व चल्ने समेत बताउनु भयो ।