Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


माओवादी वा कुनै पार्टीको होस्, प्रमाणले दोषी ठहरे कोही छुट्ने छैनन् : गृहमन्त्री श्रेष्ठ


468
Shares

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी अनुसन्धानमा दोषी देखिए माओवादीका नेता भएपनि नछुट्ने बताउनुभएको छ ।

मंगलबार प्रतिनिध सभामा उठेका प्रश्नको जवाफ दिनेक्रममा गृहमन्त्री श्रेष्ठले सो प्रतिवद्धता जनाउनुभयो ।

गृहमन्त्री श्रेष्ठले भन्नुभयो, ‘को मान्छे तान्ने को छुट दिने निर्देशन दिन सक्दैनौँ हामी कानूनलाई लागु गर्न दिन्छौँ,’ उहाँले भन्नुभयो, ‘अहिले माओवादी वा कुनै पार्टी होस् अनुसन्धान तथ्य प्रमाणले दोषी प्रमाण देखाउँछ भने कोही छुट्ने छैन । कोही उम्कन पाउँदैन । दृढतापूर्वक भन्न चाहान्छु ।’