Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


आफूमाथि लगाइएको आरोपको खण्डन हुने गरी काम गर्छु : ल्हारक्याल लामा


260
Shares

काठमाडौं । लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष ल्हारक्याल लामाले आफूमाथि लगाइएको आरोपको खण्डन हुनेगरी काम गर्ने बताउनुभएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले आफूमाथि नियोजित रुपमा विभिन्न अभियोग लगाउने काम केही मान्छेहरुले गरिरहेको उल्लेख गर्दै त्यसको खण्डन हुने गरी लुम्बिनी विकास कोषमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

नवनियुक्त उपाध्यक्ष लामाले आफूमाथि लगाइएको सबै अभियोगहरुको अदालतबाटै आफूले सफाई पाएको पनि पटकपटक दोहोर्‍याउनुभयो ।

नवनियुक्त उपाध्यक्ष लामाले आफूमाथि निराधार र नियोजित प्रचारबाजी नगर्न सञ्चार माध्यामलाई पनि आग्रह गर्नुभयो । त्यसक्रममा उहाँले आफूलाई सो कोषको उपाध्यक्षको जिम्मेवारी दिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालप्रति आभार व्यक्त गर्नु भएको थियो ।

Skip This