 
	    काठमाडौं । नेकपा (एमाले) का सांसद रघुजी पन्तले सुन तस्करी प्रकरणको निष्पक्ष छानविन हुनेमा आफुहरु विश्वस्त नभएको बताउनुभएको छ ।
सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पन्तले सुन तस्करी प्रकरणमा निष्पक्ष छानविन हुनेमा आशंका व्यक्त गर्नुभएको हो ।
उहाँले आफुहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति नै विश्वास नभएको बताउनुभयो । उहाँले प्रधानमन्त्रीको कामप्रति ढुक्क हुने अवस्था नभएको बताउनुभयो । उहाँले राजस्व विभाग र प्रहरीको अनुसन्धानलाई जारी राखेर सुन तस्करी प्रकरणमा अर्को राजनीतिक तहको उच्चस्तरीय छानविन समिति बनाउनुपर्ने बताउनुभयो ।
उहाँले राजनीतिक रुपमा कडा कदम नचालेसम्म नेपालको विमानस्थलबाट सुन तस्करी नरोकिने बताउनुभयो । उहाँले करोडौँ रुपैयाको चलखेलमा लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्याल लामा नियुक्त भएको बताउनुभयो । लामालाई नियुक्त गर्ने सरकारले भ्रष्टाचारको गफ लगाउनुमात्रै भएको उहाँले टिप्पणी गर्नुभयो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्