Logo २७ भाद्र २०८३, शनिबार | Sat Sep 12 2026


माओवादी केन्द्रको पदाधिकारी बैठक सुरू


65
Shares

काठमाडौं । नेकपा  (माओवादी केन्द्र) को ‍पदाधिकारी बैठक सुरू भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले केन्द्रीय कमिटीमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले पेस गर्ने राजनीति र संगठनात्मक प्रतिवेदन पारित गर्ने बारे छलफल गर्नेछ ।

पदाधिकारी बैठकले केन्द्रीय कमिटी बैठकका विषयमा छलफल र निर्णय लिनेछ। त्यसलगत्तै बस्ने स्थायी कमिटी बैठकले प्रतिवेदन पारित गर्नेछ। स्थायी कमिटीले पारित गरेपछि उक्त प्रतिवेदन केन्द्रीय कमिटीमा पेस हुनेछ।

केन्द्रीय कमिटी बैठक काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा बिहान ११ बजेबाट सुरु हुने छ । पाँच दिनसम्म चल्ने बैठकमा सरकारका कामको समीक्षालगायतका विषयमा छलफल हुने जनाइएको छ ।

माओवादीले केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारण गर्ने तयारी समेत गरेको छ ।