 
	    विराटनगर । महामारीको रुपमा फैलिएको लम्पी स्किन रोगबाट कोशी प्रदेशका २ लाख २५ हजार ४ सय २३ गाईभैँसी सङ्क्रमित भएका छन् ।
राँगा भैसीभन्दा गाईगोरुमा यो रोगको समस्या बढी देखिएको छ । लम्पी स्किनबाट हालसम्म प्रदेशमा ५ हजार ४२ गाईभैँसी मरेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरले जनाएको छ ।
निर्देशनालयका फोकल पर्सन डा. देवकुमार दर्लामीले लम्पी स्किनको सङ्क्रमण कोशीका सबै जिल्लामा फैलिएको र इलाम, झापा, मोरङ, पाँचथर, सुनसरी र उदयपुरमा सबैभन्दा बढी क्षति भएको बताउनुभयो ।
प्रदेशभर ४ हजार ९ सय ७९ गाईगोरु र ६१ रागाभैँसी मरेका छन् । ती मध्ये सबैभन्दा बढी इलाममा १ हजार ३ सय ८२ गाईगोरु र राँगाभैँसी मरेको निर्देशनालयले जनाएको छ । मृत्युदर इलाममा धेरै भए पनि प्रभावित पशु पाँचथरमा धेरै छन् ।
लम्पी स्किनको सङ्क्रमण गाईगोरुको तुलनामा राँगा भैँसीमा न्यून संख्यामा देखिएको छ । कोशी प्रदेशमा सङ्क्रमित संख्यामध्ये गाईगोरु २ लाख २३ हजार ७ सय २६ छ भने राँगाभैँसीको संख्या १ हजार ८ सय १७ मात्र रहेको छ ।
लम्पी स्किन रोगको सङ्क्रमण रोक्न कोशी प्रदेश सरकारले ११ जिल्लामा पशुमा खोप लगाउने अभियान सञ्चालन गरिरहेको छ । निर्देशनालयका निमित्त प्रमुख डा. पशुपति ढुङ्गानाले कोशी प्रदेशका सबै जिल्लाका १ लाख ७ हजार ५ सय १० पशुलाई लम्पी स्किनविरुद्धको खोप लगाइएको बताउनुभयो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्