Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


निसानामा महामन्त्रीद्वय


1.3k
Shares

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध आक्रामक देखिएका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा जारी केन्द्रीय समितिको बैठकमा सदस्यहरूको निसानामा परेका छन्।

एक वर्षपछि मंगलबारबाट सुरु भएको केन्द्रीय समिति बैठकमा महामन्त्रीद्वय सदस्यहरूको आलोचनाको केन्द्रमा परेका हुन्।

संगठन निर्माणभन्दा सभापति देउवाको आलोचनामै महामन्त्रीद्वयले समय बिताएको आरोप सदस्यहरूको छ। उनीहरूले पार्टीलाई विधि, विधानअनुसार सञ्चालन गर्नुभन्दा पनि महामन्त्रीहरू सभापतिको आलोचना, गुटगत बैठक, मिडिया र सामाजिक सञ्जालमा रमाएको आरोप लगाएका छन्।

महामन्त्रीद्वयमाथि पार्टी संगठनको कामभन्दा मिडियाकेन्द्रित भएर आत्मरतिमा रमाइरहेको आरोप लगाउँदै बिहीबारको बैठकमा केन्द्रीय सदस्य रमेश रिजालले भने, ‘उहाँहरू आत्मकेन्द्रित प्रचारमा रमाएर बस्नुभयो, आफ्नो भूमिकालाई गौण बनाउनुभयो।’

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।