
काठमाडौं । काठमाडौंको लाजिम्पाटमा भियतनामी रेष्टुरेण्ट सञ्चालनमा आएको छ ।
बिहीबारदेखि भियतनामी परिकार चखाउने उद्देश्यसहित भियतनामी रेष्टुरेण्ट सञ्चालनमा आएको हो ।
रेष्टुरेण्टका सञ्चालक नविन सारुले नेपालमा १२ वर्षदेखि भियतनामी रेष्टुरेण्ट सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले काठमाडौं उपत्यकाको तीन स्थानमा भियतनामी रेष्टुरेण्ट सञ्चालन गर्दै ५५ जनालाई रोजगारी दिइरहेको बताउनुभयो ।
सञ्चालक सारुले ललितपुरको झम्सिखेल, काठमाडौंको बौद्ध र लाजिम्पाटमा सो रेष्टुरेन्ट सञ्चालन रहेको बताउनु भयो । रेष्टुरेण्टमा करिब १०० जना भन्दा बढीलाई एकै पटक सेवा दिन सकिने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्