Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


नेपालका हिमतालको पानी अन्तर्राष्ट्रिय बजारमा बेच्नुपर्छ : मन्त्री मगर


0
Shares

झापा, भदौ २२ । खानेपानीमन्त्री बिना मगरले नेपालका हिमतालमा रहेको पानी अन्तर्राष्ट्रिय बजारमा पुर्‍याएर बिक्री गर्ने बताएकी छन् ।

झापाको बिर्तामोडमा रहेको साना शहरी खानेपानी तथा उपभोक्ता संस्थाले निर्माण गरेको पानी प्रशोधन उपकरण सञ्चालनको उद्घाटन गर्दै मन्त्री मगरले नेपाल खानेपानी संस्थानले खानेपानीको अन्तर्राष्ट्रिय व्यापारको सम्भावनाबारे अध्ययन सुरु गरिसकेको समेत जानकारी दिइन् ।

उनले ‘एभरेष्ट वाटर’ को नामबाट त्यो पानीलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याएर आएको रकम देशको विकासमा लगाउने प्रतिबद्धता व्यक्त गरिन् ।

पहाड र हिमालका केही बस्तीमा पानीको चरम अभाव रहेकोतर्फ आफू गम्भीर रहेको र समस्या समाधान गर्ने पहल भइरहेको जानकारीसमेत उनले दिइन् ।