Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


इटालेली भान्सामा फट्यांग्रा परिकार


598
Shares

इटालियन आल्प । उत्तरी इटालीको आल्प पर्वतमाला छेउको एउटा कारखानामा लाखौं फट्यांग्राका चाङहरू लगाइन्छन्।

ती चाङ प्रदर्शनका लागि नभई खान तयार पारिएका हुन्। यिनलाई रेस्टुरेन्टको मेनु र घरका भान्सामा छिराउने एउटा प्रक्रिया छ। अचेल यिनको पालन पनि गरिन्छ। वयस्क फट्यांग्राहरूलाई चिस्यानमा राखिन्छ। परिकारका रूप दिनुअघि पानीमा उमालिन्छ, सुकाइन्छ र पिसपास पारिन्छ।

आल्प पर्वतमाला छेउको हिमाली भेगमा यिनको खेती मौलाएको निकै भइसकेको छ। यो इटालीको सबैभन्दा ठुलो फट्यांग्रा फार्म हो। यहाँबाट उत्पादित फट्यांग्राहरू दैनिक रूपमा खान उपयोग गरिन्छ। फट्यांग्राहरू फार्म सञ्चालक इभान अल्बानो पास्ता, रोटी, प्याकेक, चकलेट तथा इनर्जी बारहरूमा मात्र प्रयोग नभई स्पोर्ट्स ड्रिंक्सहरूमा समेत उपभोग भइरहेको बताउँछन्।

एसियालीहरूले कमिला, फट्यांग्रा, विभिन्न किसिमका किरा खान थालेको हजारौं वर्ष भइसक्यो। इटालेलीका लागि भने यो नयाँ किस्सा बनिरहेको छ। गत वर्ष मात्र युरोपेली संघले यस्ता किरा मान्छेले भोजनमा समावेश गर्न हुने भनी स्वीकृति दिइसकेको छ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।