Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


सुन भरिया बने श्रमिक नेपाली, प्रहरीद्वारा अवैध सुन भित्र्याउने गिरोहको पर्दाफास


6.2k
Shares

काठमाडौं । वैदेशिक रोजगारीका लागि खाडीका विभिन्न मुलुकमा पुगेका नेपाली श्रमिकलाई प्रयोग गरी अवैध रूपमा नेपालमा सुन भित्र्याउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

लामो समयदेखि कतार, दुबई, संयुक्त अरब इमिरेट्सलगायतका मुलुकमा कामको खोजीमा गएका नेपाली कामदारलाई प्रयोग गरेर सो गिरोहले नेपालमा सुन पठाउने गरेको र उक्त सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर आफ्ना सुराकीमार्फत संकलन गरेर नेपाल तथा भारतका विभिन्न शहरमा बिक्रीवितरण गर्ने गरेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

कामको खोजीमा खाडी गएका श्रमिकहरूलाई आर्थिक प्रलोभनमा पारेर वैदेशिक रोजगारीमा गएकाहरूले ल्याउन पाउने सुनको सुविधालाई प्रयोग गरेर सो गिरोहले सुन तस्करी गर्दै आएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक मनोज केसीले जानकारी दिनुभयो ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।