Logo १० असार २०८३, बुधबार | Thu Jun 25 2026


रसुवाका बासिन्दालाई अब नागरिकताका आधारमा केरूङ पास


3.3k
Shares

काठमाडौं । नेपाल–चीन सीमामा पर्ने केरूङ नाकासम्म आवतजावतका लागि दिइने स्थायी परिचयपत्र नागरिकता प्रमाणपत्रका आधारमा प्रदान गरिने भएको छ ।

यसअघि सीमा क्षेत्रका बासिन्दालाई केरूङ आवतजावत गर्न नागरिकता प्रमाणपत्र वा बसाइँसराइको कागजका आधारमा स्थायी परिचयपत्र उपलब्ध गराइँदै आइएको थियो ।

बाहिर जिल्लाका नागरिकले फर्जी बसाइँसराइ कागज पेस गरी केरूङ जाने परिचयपत्र लिएको गुनासो बढेपछि रसुवा जिल्लाबाट जारी भएका नागरिकता प्राप्त गर्ने व्यक्तिलाई मात्र स्थायी परिचयपत्र प्रदान गर्न गोसाइँकुण्ड गाउँपालिकाले अनुरोध गरेको हो ।

नेपाली नागरिकतामा रसुवाको स्थायी ठेगाना उल्लेख भएका व्यक्तिमात्र सीमापासका लागि योग्य हुने बताउँदै रसुवा प्रशासनले जारी गरेका नागरिकतालाई आधार मानेर परिचयपत्र दिन गाउँपालिकाले अध्यागमन कार्यालय टिमुरेलाई अनुरोध गरेको छ ।

स्थायी पास नपाउने व्यक्तिलाई केरूङ जाने पहुँच पु¥याउन ‘वान डे’पास उपलब्ध हुने व्यवस्थाका लागि सम्बन्धित निकायमा अनुरोध गरिने गाउँपालिकाले जनाएको छ ।