Logo १० भाद्र २०८३, बुधबार | Thu Aug 27 2026


जथाभाबी एन्टिबायोटिक


468
Shares

काठमाडौं । मानिसको शरीरमा कीटाणु वा परजीवी संक्रमण भए तिनलाई मार्न चिकित्सकले एन्टिबायोटिक प्रयोगका लागि सिफारिस गर्छन्।

कुनै पनि एन्टिबायोटिक दिनुअघि बिरामीको कल्चर तथा एन्टिबायोटिक प्रतिरोधी अवस्था जाँच गर्नुपर्ने हुन्छ।

नेपालमा भने कुनै परीक्षणबिना कडा खालको एन्टिबायोेटिक ७० प्रतिशत बिरामीमा प्रयोग गर्ने गरेको पाइएको पछिल्लो एक अनुसन्धानले औंल्याएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले पछिल्लो अनुसन्धानपछि तयार पारेको ‘नेपालमा एन्टिबायोटिकको प्रयोगको अवस्था तथा मूल्यांकनको रिपोर्ट’ले यस्तो औंल्याएको हो।

रिपोर्टअनुसार विश्व स्वास्थ्य संगठनले कुनै पनि एन्टिबायोटिक बिरामीलाई सिफारिस गर्दा तीन तहको मापदण्डभित्र रहेर दिनुपर्छ। जसअनुसार एक्सेस गु्रप (साधारण तह), वाच गु्रप अफ एक्सेस (जाँच गरेर मात्र दिन मिल्ने थप कडा खालको समूह) र रिजर्भ गु्रप (अन्तिम समयमा मात्र दिनुपर्ने समूह) मा एन्टिबायोटिकलाई विभाजन गरिएको छ।

यी समूहमा १८० प्रकारका एन्टिबायोटिक समेटिएका छन्।

यो समाचार आजक नागरिक दैनिकमा प्रकाशित छ ।