
काठमाडौं । गृहमन्त्रालयमा कार्यरत सहसचिव जितेन्द्र बस्नेत काठमाडौ जिल्लाको प्रमुख जिल्ला अधिकारी बन्नुभएको छ ।
गृह मन्त्रालयको शान्ति,सुरक्षा महाशाखा प्रमुख जितेन्द्र बस्नेतले काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाउनुभएको हो । हालका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायलाई सरकारले सचिवमा बढुवा गरेपछि गृह मन्त्रालयले बस्नेतलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारी बनाएको हो ।
बस्नेत ८ वर्षअघि सहसचिव बन्नुभएको थियो । बस्नेतले प्रमुख जिल्ला अधिकारीका रुपमा गोरखा,चितवन,पर्सामा काम गरिसक्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्