Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


अर्थसँग राष्ट्रपतिको उपचार खर्च माग्दै परराष्ट्र


1.4k
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य उपचारका क्रममा खर्च भएको झन्डै ५६ लाख रूपैयाँ भुक्तानीका लागि परराष्ट्र मन्त्रालयले अर्थलाई पत्राचार गरेको छ।

परराष्ट्र मन्त्रालयका उपसचिव भेषराज भुर्तेलले सोमबार अर्थ मन्त्रालयलाई लेखेको पत्रमा राष्ट्रपति पौडेलको उपचारका लागि स्वीकृत भएको रकम निकासाका लागि अनुरोध गरिएको छ।

राष्ट्रपति पौडेल अस्वस्थ भएपछि स्वास्थ्य परीक्षणका लागि गत वैशाख ६ गते श्री एयरलाइनको चार्टर एयर एम्बुलेन्सबाट भारतको नयाँ दिल्ली गएका थिए। उनी उपचार गराएर १७ गते स्वदेश फर्केका थिए।

त्यस क्रममा खर्च भएको रकममध्ये ५५ लाख ४ हजार ६ सय ५४ रूपैयाँका लागि अर्थ मन्त्रालयबाट सहमति भइआएको परराष्ट्रले जनाएको छ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।